अक्षय, डिम्पल र ट्विंकललाई अदालतको नोटिस
मुम्बई- राजेश खन्नाकि 'लिव इन पार्टनर' रहेकी अनिता आडवाणीको उजुरीमा सुप्रिम कोर्टले डिम्पल कपाडिया, अक्षय कुमार र ट्विंकल खन्नाको विरुद्धमा नोटिस जारी गरेको छ। अनिता आडवाणीले बम्बई हाइकोर्टमा यी तीन जनाको विरुद्धमा घरेलु हिंसाको उजुरी गरेकी थिइन्।बम्बई हाइकोर्टले अनिता राजेश खन्नाकी श्रीमति नभएको र यसमा घरेलु हिंसाको भारतीय कानुन अनुसार उजुरी दर्ता गर्न नसकिने भन्दै खारेज गरेको थियो। बम्बई हाइकोर्टले उनको उजुरी खारेज गरे पनि अनिता न्याय खोज्ने यात्रा नरोकिने बताउँदै आएकि थिइन्।
अनितता हाईकोर्टको फैसलाको विरुद्धमा सुप्रिम कोर्टमा पुगेकि थिइन्। अक्षय कुमारको कानुनी सल्लाह दिने फर्म 'आइसी' लिगलले अहिले सम्म अदालतको नोटिस प्राप्त नभएको बताएको बताउँदै नोटिस प्राप्त हुनासाथ बम्वई हाइकोर्टमा वुझाएका सबै कानुनी दस्तावेज सुप्रिम कोर्टमा बुझाउने बताएको छ। अक्षय कुमार राजेश खन्नाका ज्वाई हुन्।
0 comments
Write Down Your Responses