राजधानीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सिड्नी, २५ साउन । सोमबार सोलोमोन द्वीपमा ६.९ रेक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको सोलोमोन द्वीपको राजधानीमा होनीयारमा समेत महसुस गरिएको जनाइएको छ । सो भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको अधिकारीहरुले जनाएका छन् ।सोलोमोन राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशकले पनि यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको बताएको छ । गत महिनामा पनि सोलोमोन द्वीपमा ७ .रिक्टर स्केलको भूकम्प गएको तर सुनामी चेतावनी भने दिइएको छैन । सो भूकम्पबाट मानवीय सम्पत्ति क्षति पनि नभएको जनाइएको थियो ।
सन् २०१३ मा आएको ८ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १० व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पको कारण हजारौं व्यक्ति घरबारबिहीन भएका थिए । रासस/एएफपी
dainiknepal.com


0 comments
Write Down Your Responses