संविधानसभा घेराउ गर्न रंगशालाबाट राप्रपा नेपालको जुलुस
काठमाडौं: राप्रपा नेपालले मंगलबार शक्ति प्रदर्शनसहित संविधानसभा घेराउ गर्दैछ। पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार दिनको १२.०० बजे दशरथ रंगशाला जम्मा भएर अध्यक्ष कमल थापाको नेतृत्वको जुलुस संविधानसभा घेराउ गर्न नयाँ बानेश्वर आउने कार्यक्रम छ।यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्लाइएको छ। यसअघि पनि राप्रपाले संविधानसभा घेराउ गर्ने क्रममा झडप भएको थियो।हिन्दु राज्यको स्थापना र राजसंस्थालाई संविधानमा उल्लेख गर्नुपर्ने माग राख्दै राप्रपाले शक्ति प्रदर्शन गर्न लागेको हो।
annapurnapost.com


0 comments
Write Down Your Responses