बन्द छल्न एकाबिहानै हिडेका जिवछको ज्यान गयो
राजविराज : बन्द हड्तालका कारण बिहान झिसमिसेमै हिंडेका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मंगबलार मृत्यु भएको छ ।विराटनगरबाट सिरहातर्फ जाँदै गरेको बा.१ ब ८६१६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्यांक सहायक जिवछ पंजियारको मृत्यु भएको हो ।
बन्दकर्ताहरुले सरकारी मोटरसाइकल फेला पारे जलाई दिने डरले बिहान ३ बजे नै विराटनगरबाट निक्लिएका महोत्तरी मटियानी गाविस ३ का ३६ वर्षीय पंजियारको दुर्घटनामा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त मोटरसाइकलसहित बेहोस अवस्थामा रहेका जिवछलाई सशस्त्र प्रहरीको टोलीले फेला पारेका थियो । गनासिं सगरमाथा अंचल अस्पताल राजविराजमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ
annapurnapost.com


0 comments
Write Down Your Responses