सिरहामा शक्तिशाली बम सेनाद्वारा निष्क्रिय
गोलबजार : मधेस अान्दोलन चर्किरहेका बेला सिरहा नगरपालिका–७ स्थित नेपाली कांग्रेस पार्टी कार्यालय जाने बाटोमा आइतबार दिउँसो भेटिएको शक्तिशाली प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरेको छ ।

स्थानीय रन्जित यादवको घर अगाडि भेटिएको बम नेपाली सेनाको नयाँ गोरखगण चोहर्बाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिए । उनका अनुसार बम शक्तिशाली थियो ।

बमलाई जिल्ला कृषि विकास कार्यालय सिरहा परिसरमा लगेर डिस्पोज गर्दा ठूलो आवाज आएको थियो ।

बम कसले र किन राखेको भन्ने विषयमा केही नखुलेपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses