‘ब्याक’ हुँदा लेखेटेपछि प्रहरीले चलायो गोली
२४ भदौ, महोत्तरी ।बन्दकर्ता र प्रहरीबीच बुधबार दिउँसो जलेश्वरको महेन्द्र चौकमा झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन जना प्रर्दशनकारीको मृत्यु भएको छ। जलेश्वर नगरपालिका ७ बजराहीका रोहन चौधरी, महोत्तरी गाविस ५ का रामविवेक यादव र जलेश्वर नगपालिका १४ बखरी घर भएका मुसवा भनिने अमित कापर सहित तीन जनाको जलेश्वर अस्पतालमा मृत्यु भएको जलेश्वर अस्पतालका डाक्टर सतिस साहले पुष्टि गरेका छन्।
प्रहरीको गोली लागेर घाइते भएका जलेश्वरका विरेन्द्र बिच्छाको टाउँकोमा गोलि लागेको र उनको अवस्था गम्भीर रहेको अञ्चल अस्पतालले जनकपुरले बताएको छ।
पिगौनाका धिरेन्द्र महतोलाई ढाडमा गोली लागेर घाइते भएका छन्। जलेश्वरका सतोष साह, भटौलियाका अभिनास यादव र जलेश्वरनगरपालिका घर भएका रामविकास साह गोलीको छर्रा लागेर घाइते भएपछि अहिले उनीहरुको जनकपुर अञ्चल अस्पताल उपचार भइरहेको छ। त्यसैगरी एकडाराका शंकर पासवान र पिगौनाका विकास मिश्राको जलेश्वर स्थित शान्ति कम्पयुनिट हस्पिटलमा उपचार भइरहेको छ।
यता प्रहरीको लाठि प्रहार र अश्रु ग्यासको धुँवाले पचास भन्दा बढी प्रर्दशनकारी घाइते हुन पुगेका छन्। दिउँसो दुई बजे तिर गाउँ गाउँबाट बन्दमा समर्थन जनाउन जलेश्वर आएका प्रर्दशनकारी र प्रहरीबीच झडप शुरु भएर जलेश्वरमा तनाव शुरु भएको थियो।
मोटरसाइकल, साइकल र ट्रयाक्टरमा आएका प्रदर्शनकारीहरुले सदरमुकाम जलेश्वरका विभिन्न भागमा लाठी जुलुस प्रर्दशन गर्दै महेन्द्र चोक पुगेको थियो। प्रर्दशनकारीहरुले महेन्द्र चोकमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्न खोज्दा प्रहरी पछाडि हटेको थियो। महेन्द्र चोकमा ड्युटीमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएपछि प्रर्दशनकारी झन् उग्र भएका थिए। उनीहरुले पछि हट्दै गएका सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको गेट अगाडिसम्म लखेटेर आक्रमण गर्न थालेपछि प्रहरीले जवाफी कारवाही सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालयलाई नै निसाना बनाएपछि प्रहरीले भित्रबाट अश्रु ग्यास प्रहार गर्न सुरु गरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारी अश्रुग्यास हान्दा समेत पछि नहेटेपछि प्रहरीले गोली चलाएको थियो।
प्रर्दशनकारीहरुलाई तितरवितर गर्न कार्यालय भित्रैबाट प्रहार गरेको अश्रुग्यास सर्वसाधारणका घरमा पुगेको थियो। त्यसबाट सर्वसाधारण पीडित बन्न पुगे।
प्रहरीले फालेको अश्रुग्यासबाट घरमा बसिरहेका महिला तथा बालबालिकाले समेत सास्ती भोग्नु पर्यो। प्रर्दशनकारीको संख्या बढी भएकोले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको भयो। आजको नागरिकमा खबर छ ।nepaliheadlines.com
0 comments
Write Down Your Responses