घैंटै मारिएपछि अर्का गुन्डा नाइके साजन पनि समातिए
काठमाडौं : प्रहरीसँगको इनकाउन्टरमा चर्चित गुन्डा नाइके कुमार घैंटे मारिएको केही दिनपछि नै सामाखुसी क्षेत्रका अर्का गुन्डा नाइके साजन महर्जन पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले उनलाई मंगलबार उनलाई पक्राउ गरेको हो।

सामाखुसी क्षेत्रमा उनले रकम असुली तथा ठेक्कापट्टा कब्जा गर्नेलगायतका गैरकानुनी काम गर्दै आएका थिए। ठूला व्यापारिक घरानियासँग जबरजस्ती चन्दा असुली गर्दै आएको उजुरी दर्ता भएको छ। घैंटेसँग पनि उनको निकटको सम्बन्ध भएको बताइएको छ।


साजनलाई पक्राउ गरेर अनुसन्धानका लागि हिराशतमा राखिएको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses