प्रहरी चौकीमा पेट्रोल बम हानियो
जनकपुरधाम : मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको जानकी मन्दिरनजिकै रहेको जानकी प्रहरी चौकीमा चारवटा पेट्रोल बम हानेका छन् ।बम हानिएपछि चौकीमा आगो सल्किएपनि तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले भौतिक क्षति नभएको धनुषका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
चिया र तरकारी पसलमा तोडफोड
मधेसी मोर्चाका प्रर्दशनकारीले जनकपुर नगरक्षेत्रमा होटेल, चिया र तरकारी पसलमा समेत तोडफोड गरेका छन् । उग्र प्रदर्शन भएपछि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रशासनले नगरबासीलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
प्रजिअ पराजुलीले संचारकर्मीहरुलाई फोन गरी नगरवासीमाझ सार्वजनिक सूचना दिँदै चोकहरुमा जम्मा नहुन र भीडको हिस्सा नबन्न सर्वसाधारणलाई अपिल गरेको बताए ।
नगरक्षेत्रको विभिन्न चारवटा भागमा निषेधाज्ञा लागू गरिएपनि अवस्था अझ बिग्रिए कर्फ्यू लगाइ सेना परिचालन गर्ने तयारी गरिसकेको प्रजिअले जानकारी दिएका छन् । www.annapurnapost.com
0 comments
Write Down Your Responses