रेशम चौधरीले भनेका थिए,‘सशस्त्रले गोली चलाउँदैन, तिनीहरुमाथि आक्रमण नगर्नु, नेपाल प्रहरीलाई टार्गेट गरे हुन्छ ’
काठमाण्डु, १६ भदौ– टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने मारिंदा साथमै रहेको सशस्त्र प्रहरीले किन फायर खोलेन ? सशस्त्र प्रहरीकै गाडीमा त्यहाँ पुगेका सरकारका प्रथम श्रेणीका प्रहरी अधिकृतको ज्यान जाँदा पनि सशस्त्र मौन रहेको भन्दै प्रश्न उठाएको बेला गृहमन्त्रालयले त्यसको छानविन सुरु गरेको छ ।गृहमन्त्री गौतमले यसबारेमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वस्तसँग विस्तृत विवरण माग गरेको स्रोतले जानकारी दिएको छ । सोमबार बसेको एमाले स्थायी समितिको बैठकमा पनि गृहमन्त्री गौतमले सशस्त्र प्रहरीको भूमिकाका बारेमा लामै असन्तुष्टी जाहेर गरेका थिए । स्थायी समितिका एक सदस्यले उनको भनाइ उदधृत गर्दै भने, ‘नेपाल प्रहरीका त्यति उच्च अधिकारीमाथि आन्दोलनकारीका तर्फबाट आक्रमण हुँदा सशस्त्र प्रहरीले किन गोली चलाएन ? मैले छानविन थालेको छु ।’
उक्त घटना हुँदा सशस्त्र प्रहरीका डिआइजी खडानन्द चौधरी त्यहाँका इन्चार्ज थिए । गृहलाई प्राप्त अर्को सूचनाअनुसार त्यसदिनको प्रदर्शन सुरु हुनुपूर्व थरुहट संघर्ष समितिका संयोजक रेशम चौधरीले ‘सशस्त्रले गोली चलाउँदैन, तिनीहरुमाथि आक्रमण नगर्नु, नेपाल प्रहरीलाई टार्गेट गरे हुन्छ’ भनेका थिए । विजय गच्छदारको नजिकका नातासमेत पर्ने डिआइजी चौधरीको भूमिकामाथि विशेष शंका गरिएको छ ।
–बुधबार साप्ताहिकबाट
kathmandutoday.com
0 comments
Write Down Your Responses