जागिरको प्रलोभ देखाई युवतीसँग २४ घण्टामा २७ जनाले गरे जबरजस्ती यौनसम्पर्क !
एजेन्सी । पछिल्लो समय सहर बढ्दै गएका अपराधहरुमा यौन अपराध प्रमुख अपराधको रुपमा चिनिँदै गएको छ । भर्खरैमात्र जागिरको प्रलोभन देखाएर एक युवतीलाई २४ घण्टामा २७ जनाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।भारतको राजस्थानस्थित जयपुर शहरमा जागिरको प्रलोभन देखाएर एक १७ वर्षीय किशोरीको २४ घण्टासम्म लगातार बलात्कार भएको हो । खबर अनुसार पीडित किशोरी आफ्ना परिवारसँग जयपुरकै मंगोलपुरीमा बस्दै आएका थिए । घरको गरिबीका कारण उनी जागिरको खोजीमा थिइन् । किशोरीले बताएअनुसार आइतबार जयपुरका रक्की र उनका पत्नीले उनलाई जागिर दिने आश्वासन दिएर आफूसँगै जयपुर लगेर गए । त्यहाँ उनलाई एक होटलमा लगियो ।
उनलाई होटलमा राखेर रक्की श्रीमतीका साथ बहाना बनाएर बाहिर गए । त्यसपछि होटलका कर्मचारी मुकेश, अनिल, अर्जुन र एक जना अर्का कर्मचारीले उनको लगातार इज्जत लुटे । पीडित युवतीका अनुसार २४ घण्टामा उनलाई २७ जनाले पालैपालो बलात्कार गरेका थिए । उनलाई २४ घण्टासम्म केही पनि खानेकुरा दिइएको थिएन् तर, दोस्रो दिन उनी त्यहाँबाट जोखिम मोलेर भाग्न सफल भइन् र बस चढेर दिल्ली पुगिन् । दिल्ली पुगेर उनले मंगोलपुरी थानामा आफूसँग भएको शोषणको बारेमा पुलिसलाई बताइन् ।
पुलिसले पीड़ित युवतीको स्वास्थ्य परीक्षणमा बलात्कार भएको पुष्टि भएको जनाएको छ । बलात्कार भएको पुष्टि भएपछि अपहरण र सामुहिक बलात्कार ऐनअनुसार मुद्दा दर्ता गरिएको छ । पुलिसका अनुसार पीडित युवतीलाई होटलमा पु¥याउने श्रीमान श्रीमती र होटलका ४ कर्मचारीलाई पक्राउ गरिएको छ । अन्य अभियुक्तहरुको खोजी भइरहेको पुलिसले जनाएको छ ।
dainiknepal.com
0 comments
Write Down Your Responses