प्रधानमन्त्री तथा मन्त्री बन्न डिग्री पढ्न नपर्ने
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्री हुनका लागि डिग्री पढ्न नपर्ने धारा पनि पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्री हुनका लागि योग्यता तोक्नुपर्ने माग गर्दै कम्तीमा स्नाकोत्तर उत्तीर्ण हुनुपर्ने भनी राखिएको संशोधन प्रस्ताव फिर्ता भएको छ।मन्त्री तथा प्रधानमन्त्रीको न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्ने भन्दै सभासद् कुमार खड्काले संविधानको धारा ७८ मा संशोधन प्रस्ताव हालेका थिए। तर पारित हुने संभावना नभएपछि उनले फिर्ता लिएका हुन्।
नयाँ संविधानको विधेयकमा जनमत संकलन गर्ने क्रममा मन्त्री तथा प्रधानमन्त्रीको न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्ने माग व्यापक रुपमा आएको थियो। तर संविधानमा यो समावेश हुन सकेन। मन्त्री तथा प्रधानमन्त्री बन्नका लागि नयाँ संविधानमा पनि कुनै शैक्षिक योग्यता नतोकिने भएको छ।
annapurnapost.com


0 comments
Write Down Your Responses