नेपालमा कसैलाई मृत्युदण्ड नुहने
काठमाडौं : नयाँ संविधानमा मृत्युदण्डको व्यवस्था राखिनुपर्ने संशोधन प्रस्ताव संविधानसभाको बैठकले अस्वीकृत गरेको छ ।

'नेपालको संविधानको परिमार्जित विधेयक, २०७२' को धारा १६ को उपधारा १ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरिएको छ ।

सोही धारको उपधारा २ मा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भन्न उल्लेख गरिएको छ ।

धारा १६ को ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ पनि पारित भएको हो । यो धारामा नेपाल मजदुर किसान पार्टीकी सभासद् अनुराधा थापाले संशोधन प्रस्ताव हालेकी थिइन् ।

उनले देशको हितविरुद्ध सन्धि सम्झौता गर्ने,  मानव हत्या, आगजनी र मानवताविरोधी गम्भीर अपराधमा संलग्नलार्इ मृत्युदण्डको व्यवस्था गर्न भन्दै संशोधन प्रस्ताव हालेकी थिइन् ।

उनको संशोधन प्रस्तावलार्इ संविधानसभाको बैठकमा दुर्इतिहार्इ बहुमतले अस्वीकृत भएपछि नयाँ संविधानमा मृत्युदण्डको व्यवस्था नुहने पक्का भएको हो । annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses