यी हुन् सरकारलाई बढी कर तिर्ने १० कम्पनी
पहिलो र दोस्रो एनसेल र नेपाल दूरसञ्चार कम्पनीकाठमाडौं: कर बढी तिर्नेमा बितेको आर्थिक वर्ष पनि सेवा क्षेत्रकै दबदबा जारी रह्यो । सबैभन्दा बढी कर तिर्ने पहिलो र दोस्रो स्थान टेलिकम कम्पनी एनसेल र नेपाल दूरसञ्चार कम्पनी भएका छन्।
नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक र हिमालयन बैंक पनि बढी कर तिर्ने १० वटाको सूचीमा अटाए। उत्पादनमूलक क्षेत्रका सूर्य नेपाल र गोर्खा ब्रुअरी दुई कम्पनी मात्र तेस्रो र चौथो नम्बरमा रहेर बढी कर तिर्ने १० वटाको सूचीमा परेका थिए।
सूचीमा नेपाल टेलिकमलगायत सातौं स्थानको कृषि विकास बैंक र आठौं स्थानको नेपाल नागरिक उड्डयन प्राधिकरण मात्र सरकारी लगानीका हुन्।एनसेलले १७ अर्ब पाँच करोड २० लाख रुपैया“ तिरेको थियो । यसमा आयकर ११ अर्ब ३० करोड दुई लाख रुपैयाँ दाखिला गरेको छ।
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ उसले दुई अर्ब आठ करोड १३ लाख ४९ हजार रुपैयाँको योगदान गरेको छ। अन्य कर तीन अर्ब ६७ करोड चार लाख ४२ रुपैयाँ दाखिला गरेको थियो।
नेपाल दूरसञ्चार कम्पनीले ११ अर्ब ७५ करोड ८७ लाख ९९ हजार रुपैयाँ कर बुझाएको थियो। यसले पाँच अर्ब २५ करोड ८२ लाख ८३ हजार रुपैयाँ आयकर दाखिला गरेको थियो।
'उत्पादनमूलक उद्योगको प्रतिस्पर्धी क्षमता झन ह्रास हुदै गएको अवस्थामा सेवा क्षेत्रको वर्चश्व स्वभाविक हो, ' राष्ट्रिय योजना आयोग सदस्य डा.स्वर्णिम वाग्ले भन्छन्। उनका अनुसार ऊर्जा, श्रम,यातायातका कारण उत्पादनमूलक क्षेत्रको प्रतिस्पर्धी क्षमता घट्दो छ।
निर्यातले उत्पादनमूलक क्षेत्रलाई प्रतिस्थापन गरिरहेका छन्। तर, सेवा क्षेत्रमा त्यस्तो प्रतिस्पर्धा छैन। टेलिकम क्षेत्रमा स्थानीय प्रतिस्पर्धा पनि खासै नभएको र तिनको मुनाफा उच्च भएकाले बढी कर तिर्नेमा अग्रस्थान हासिल गरेको उनी बताउँछन्।
सूर्य नेपाल प्राइभेट लिमिटेडले पाँच अर्ब १२ करोड २८ लाख ४२ हजार तीन सय १८ रुपैयाँ कर तिर्दा आयकर तीन अर्ब पाँच करोड ८४ हजार लाख चार हजार एक सय ७३ रुपैयाँ भ्याट दाखिला गरेको थियो।
सबैभन्दा बढी कर तिर्ने पहिलो र दोस्रो टेलिकम कम्पनी एनसेल र नेपाल दूरसञ्चार कम्पनी भएका छन्।
गोर्खा ब्रुअरीले दुई अर्ब ४५ करोड पाँच लाख ७४ हजार एक सय ५८ करमा आयकर तथा एक अर्ब २३ करोड ७७ लाख २७ हजार १५ रुपैयाँ भ्याट तिरेको थियो। 'चुरोट÷मदिरामा घरेलु उत्पादककै बजार अंश ठूलो भएकाले ति बढी कर तिर्न सक्ने भएका हुन,' अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्यालले टिप्पणी गरे।
नत्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा औद्योगिक उत्पादनको अंश १४ प्रतिशतबाट ६ प्रतिशतमा झरेको छ। सेवा क्षेत्रको योगदान झण्डै ५० प्रतिशत पुगेको छ।
पाँचौ स्थानको नविल बैंकले एक अर्ब ३८ करोड ६२ लाख १४ हजार सात सय ४४ रुपैयाँ तिर्दा आयकर एक अर्ब ३६ करोड ४७ लाख १९ हजार आठ सय १६ रुपैयाँ र ५४ करोड ४० लाख आठ हजार पाँच सय ४५ रुपैयाँ भ्याट दाखिला गर्यो।
नेपाल इन्भेस्टमेन्ट बैंकले एक अर्ब ३२ करोड ४५ लाख ४८ हजार चार सय ७९ रुपैयाँ कर तिरर छैटौं स्थानमा रह्यो। उसको आयकरतर्फ योगदान एक अर्ब ३१ करोड ८४ लाख ९८ हजार आठ १४ रुपैयाँ र भ्याट ६० करोड ४९ लाख ६६ हजार पाँच १७ रुपैयाँ योगदान गरेको थियो।
सातौ स्थानको कृषि विकास बैंकले एक अर्ब ३१ करोड ५६ लाख ५६ हजार तीन सय २९ रुपैयाँ कर तिर्यो। यसमा एक अर्ब ३१ करोड ५५ लाख ८४ हजार ६ सय ३३ रुपैया“ आयकर र ७१ ह्जार ६ सय ९६ रुपैयाँ भ्याट तिर्यो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब १२ करोड ९९ लाख सात हजार तीन सय ९२ रुपैयाँ कर तिर्दा ७३ करोड चार लाख १४ हजार आठ सय ६७ रुपैयाँ र भ्याट ३९ करोड ९४ लाख ९२ हजार पाँच सय २४ रुपैयाँ कर तिरेको थियो।
एभरेस्ट बैंकले एक अर्ब दुई करोड दुई लाख ९६ हजार २३ रुपैयाँ कुल करमा आयकर एक अर्ब दुई करोड एक लाख ४२ हजार पाँच सय ९३ रुपैयाँ र भ्याट एक लाख ५३ हजार चार सय ३० रुपैयाँ दाखिला गरेको थियो। दसौं स्थानको हिमालयन बैंकले ९२ करोड तीन लाख ६७ हजार सात सय ७२ रुपैयाँ कर बुझाएको थियो।
उसले आयकर ९० करोड ५१ लख ५४ हजार दुई सय ६ रुपैयाँ र भ्याट एक करोड ५२ लाख १३ हजार पाँच सय ६६ रुपैयाँ दाखिला गर्यो।कच्चा पदार्थ आयात गरेर महँगो बिजुली प्रयोग गरी कम उत्पादकत्व भएको श्रमशक्ति भएको उत्पादनमूलक क्षेत्रबाट तत्काल धेरै अपेक्षा गर्न नसकिने अर्याल बताउँछन्। तर, समग्र राजस्व तथा बढी कर तिर्नेले बुझाएको करमा आयकरको अंश उच्च हुनु सन्तोषजनक रहेको उनले बताए।
www.annapurnapost.com
0 comments
Write Down Your Responses