एका बिहानै ३ वटा ट्रकमा आगजनी र तोडफोड, करोडौँको क्षती
बारा, भदौ २६ । बारामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले शनिबार एका बिहानै तीन वटा ट्रकमा आगजनी र तोडफोड गरेका छन् ।मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रक माथि आगजनी गरेको बताएका छन् । आगलागीबाट मनोहरवा गाविसमा रहेको रिलायन्स् सुगर एण्ड केमिकल इन्डष्ट्रिजबाट चिनी लिएर काठमाडौंका लागि छुटेका तीन वटा ट्रक जलेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।
प्रहरीका अनुसार पूर्णरुपमा क्षतीग्रस्त बनेका ट्रकहरुमा ना ५ ख २९९५, ना ५ ख ८७६१ र ना ४ ख २९२७ हुन् । आगजनीबाट गाडीमा रहेको चिनीसँगै करोडौँ रुपैयाँको क्षती र्भको छ ।
www.etajakhabar.com


0 comments
Write Down Your Responses