अज्ञात रोगका कारण ७ जनाको मृत्यु,केहीको अवस्था गम्भिर : दक्षिण कोरीयाली रोग हान्टाको आशंका
काठमाडौँ , भदौ २० । अज्ञात रोगका पूर्वमा ७ जनाको मृत्यु भएको छ । परिचय खुली नसकेको रोगका कारण पूर्वका भोजपूर, सिराहा, धनकुटा र संखुवासभामा उपचार गराइरहेका करिब १ दर्जन विरामीमध्ये ७ जनाको मृत्यु भएको हो ।

अन्य केहीको अवस्था अझै गम्भीर छ । उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उनीहरुलाई हान्टा भाइरस लागेको अनुमान गरिएको छ ।

यद्ययपी नेपालमा परीक्षण संभव नभएपछि यसको नमुना बैकक पठाइएको महाशाखाका निर्देशक डा बावुराम मरासिनीले बताए । दक्षिण कोरियाको हान्टा नदीको किनाराका मानिसमा पहिलो पटक देखिएको यो रोग यसरी अचानक नेपालमा देखिएको पहिलो पटक हो ।
www.etajakhabar.com
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses