मह प्रयोग गरेर छाला चम्किलो बनाउनुहोस्
मह खानका लागि मात्र राम्रो नभएर तपाईंको छालाको लागि पनि राम्रो हुने विभिन्न अध्ययनले देखाएको छ । यसको प्रयोग गर्नाले तपाईंको छालालाई चमक दिनको साथै त्यसलाई युवाहरुको जस्तै अवस्थामा कायम राख्न मद्दत गर्छ । यसमा एन्टि अक्सिडेन्टको साथै एन्टि ब्याक्टेरिया विशेषता पनि हुन्छन् ।महलाई हरेक दिन छालामा यसरी प्रयोग गर्न सकिन्छः
यदी तपाईंको छालामा डन्डीफोर आएको छ भने त्यसलाई महको मद्दतले हटाउन सकिन्छ । डन्डीफोर आउन लागेको स्थानमा मह दल्नुपर्छ । यसमा चियापत्ति वा ल्याभेन्डरको तेल मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।
मह र नरिवल वा जोजोबाको तेल प्रयोग गरेर छाला सफा गर्न प्रयोग गर्न सकिन्छ । यसले मेकअप हटाउनको साथै छालामा मोइस्चराइजरको रुपमा पनि काम गर्छ ।
सुख्खा छालाका लागि महसँग बनस्पती तेल र कागतीको रस मिसाएर छालामा लगाउने, त्यसलाई १० मिनेटसम्म त्यतिकै छाड्ने र धुने ।
www.ratopati.com
0 comments
Write Down Your Responses