पृथ्वीमा चट्टान ठोक्किने हल्लाका विषयमा नाशाको विज्ञप्ति
२२ भदौ, एजेन्सी ।पृथ्वीमा विशाल चट्टान ठोक्किएर प्रलय हुन सक्ने भन्दै गरिएको भविष्यवाणीलाई विषययमा अमेरिकी अन्तरिक्ष अध्यन संस्था नाशाले खण्डन गरेको छ । आगामी सेप्टेम्बर २८ मा पृथ्वीमा एस्टेरोइड भनिने विशाल चट्टान ठोक्किने र पृथ्वी ध्वस्त समेत हुन सक्ने भन्दै भविष्यवाणी गरिएपछि मानिसहरु डराइरहेको समयमा नाशाले यस्तो सम्भावना नरहेको स्पष्ट पारेको हो ।
अटोमेटिक प्रणालीबाट भैरहेको अनुगमनबाट पृथ्वीमा कुनै ठूलो बस्तु ठोक्किने सम्भावना नदेखिएको भन्दै नाशाले हल्लाहरु गलत भएको बताएको हो । नाशाका प्रवक्ताले आगामी केही सय वर्ष सम्म यस्तो सम्भावना नै नरहेको बताएका छन् ।
आफूलाई भविष्यबक्ता दावी गर्ने एफ्रेन रोड्रिगेज नामका एक ब्यक्तिले एस्टेरोइड भनिने उक्त चट्टान सेप्टेम्बरमा पृथ्वीमा ठोकिन्ने र २१ सेप्टेम्बर देखि २८ सेप्टेम्बरकोबीचमा यस्तो घटना हुँदा पृथ्वी ध्वस्त हुने अवस्था समेत आउने दावी गर्दै आफुले गरेको अध्यन अमेरिकाको अन्तरिक्ष अध्यन संस्था नाशालाई पठाएका थिए ।
विशाल चट्टान पृथ्वीमा ठोकिँदै, सेप्टेम्बरमा संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी
रोड्रिगेजले ब्लड मुन प्रोफेसी भनिने भविष्यवाणीको धारामा आधारित रहेको र उनको भविष्यवाणी अनुसार २८ सेप्टेम्बर उनले भन्ने गरेको ४ ब्लड मुनको अन्तिम साता रहेको बताइएको छ ।
चन्द्र ग्रहणको समय पारेर यस्तो घटना हुने दावी उनको छ । सेप्टेम्बर २८ मा चन्द्र ग्रहण परेको छ ।
नाशाले भने यो दावीलाई हावादारी भन्दै विज्ञप्ति जारी गरेको छ ।
के संसारको साँच्चिकै अन्त्य हुँदैछः के के हुन कारण ?nepaliheadlines.com
0 comments
Write Down Your Responses