सनीलाई आरोप लगाउने नेताले मागे माफी
एक सार्वजनिक कार्यमक्रमै बलीउड अभिनेत्री सनी लियोनको कन्डमको विज्ञापनको कारण भारतमा बलात्कारको घट्नामा वृद्धि भएको भन्दै आरोप लगाएका सीपीआईका एक वरिष्ठ नेता अतुल अंजानले माफी मागेका छन् ।माफी माग्दै अंजानले सनीलाई समर्थन र आफ्नो विरोध गर्ने अश्लिलताका पक्षधर रहेको भन्दै आरोप पनि लगाएका छन् । अतुल अंजानले सनीको विषयमा सार्वजनिक कार्यक्रममै यस्तो बोलेपछि सनीले ट्वीटरमा ‘यो दुःखको कुरा हो । सत्तामा बस्नेरु गरीब जतनालाई मद्दत गर्न छाडेर मेरो आलोचनामा समय र इनर्जी खर्च गर्दैछन्’ भन्दै लेखेकी थिइन ।
अंजानले सनीको विषयमा बोल्दै भनेका थिए ‘प्रचारको नाममा भएको नराम्रो विकृतीले यूवाहरुमा सेन्ससबिलिटी सकिँदै गएको छ र सनी लियोनले अभिनय गरेको कन्डम कम्पनीको विज्ञापनका कारण देशमा बलात्कारको घट्ना बढिरहेको छ ।’ यसरी सार्वजनिक कार्यक्रममै यस्तो अभिव्यक्ति दिएपछि अंजान राम्रैसँग चर्चा र विवादमा तानिएका थिए ।
भारतमा अंजानले मात्र होइन यस अघि श्री राम सेनाका नेता नेता प्रमोद मुथालिकले पनि सनीका कारण भारतमा बलात्कारको घट्ना बढ्दै गएको भन्दै आरोप लगाएका थिए ।
0 comments
Write Down Your Responses