आजको राशिफल वि.सं. २०७२ भाद्र २७ गते आइतबार
आज  वि.सं. २०७२ भाद्र २७ गते आइतबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर १३ तारिख, आजको व्रत/पर्व : स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, कुसे औंसी, गोकर्ण स्नान, बाबुको मुख हेर्ने दिन, पितृसम्मान दिवस, मोती जयन्ती, मन्वादि, आजको मूहुर्त : अग्निवास(होमादि), भाद्रपद कृष्णपक्षको अमावस्या तिथि, बिहान १०:१६ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पूर्वाफाल्गुनी नक्षत्र, दिउँसो १३:०० बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, साँझ ०७:३९ बजेसम्म, त्यसपछि कन्या राशिमा, साध्य योग, दिउँसो ०३:१९ बजेसम्म, त्यसपछि शुभ योग, बब करण, मध्यरात्रीपूर्व ११:१७ बजेसम्म त्यसपछि बालब करण, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०६:११ बजे

आजको राशिफल

 Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सन्ततिपक्षबाट खुसीको समाचार, मन प्रफुल्ल र उत्साही बन्ने, परिवारमा रमाइलो जमघट हुने, बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो, बन्दव्यापार फस्टाउने, मानसम्मान पाइने ।

 Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

खर्चको मात्रा ह्वात्तै बढ्ने, शरीरमा आलस्य जाग्ने, प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने, चुनौतीको सामना गर्नुपर्ने, मानसम्मानमा आघात पुग्ने, पापमतिमा आकर्षण ।

Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

धार्मिक/सामाजिक काममा प्रशंसित भइने, दाजुभाइ वा मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने, पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान मिल्ने र आकाङ्क्षा पूर्ण हुने ।

Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दैनिक कारोबारबाट फाइदा, घरायसी जीवनमा समस्या, साझेदार वा सहयोगीको साथ नपाइने, व्यस्त दिनचर्या, विदेशबाट सुखद समाचार आउने, बोलीको विपरीत अर्थ लाग्ने ।

Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मिहिनेत, प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा, विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने समय, नाम, दाम, प्रतिष्ठा र पुरस्कार पाइने, मनोरञ्जनपूर्ण समय ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

काम नबन्नाले दिक्क लाग्ने, यात्रा असफल, खर्चमा नियन्त्रण गर्नुपर्ने, कल्पना र भावनामा केन्दित भइने, बोलीको विपरीत अर्थ लाग्न सक्ने, धमिलो पारिवारिक वातावरण ।

 Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

शरीरमा उत्साह र उमङ्ग, स्वास्थ्य सबल, काममा फाइदाको योग, कृषिक्षेत्रबाट लाभ मिल्ने, पढाइलेखाइमा प्रगति, बौद्धिक प्रतिस्पर्धामा विजयी, ठूलाबडाको आशीर्वाद ।

Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा, बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या, कडा मिहिनेत र परिश्रमका कारण गुमेको प्रतिष्ठा प्राप्ति हुने ।

 Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सामाजिक उत्तरदायित्व वहन गर्ने समय, परोपकार र धार्मिक क्षेत्रमा लगानी, रोकिएका काम सम्पादन हुने, नयाँ काम र जिम्मेवारी हात पार्ने, आर्थिक पक्ष सबल ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत भएपनि राम्रो लाभ मिल्ने, चोटपटक र दुर्घटनाबाट जोगिइने, प्राज्ञिक र बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना ।

Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

दिन मनोरञ्जनपूर्ण रहने, व्यावसायिक यात्राको सम्भावना, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने, आम्दानी बढ्ने, आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति ।

Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

रमाइलो यात्रा हुनसक्ने, व्यवहारिक सोचको विकास हुने, स्वास्थ्यका दृष्टिकोणले राम्रो समय, आर्थिक लाभ हुने, ऋणसापटी लिनदिन अनुकूल दिन, झैझगडाबाट लाभ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses