बलिउडका गायक आदेश श्रीवास्तवको निधन
बलिउडका संगीतकार तथा गायक आदेश श्रीवास्तवको ५१ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित ५१ वर्षिय आदेशले राती १२ः३० बजे आफ्नो देह त्याग गरेका हुन् ।चालिस दिनदेखि क्यान्सरको उपचारका लागि अन्देरी, मुम्बईको कोकिलाबेन धीरूभाइ अम्बानी अस्पतालमा भर्ना भए उनको सन् १९६५ मा सेप्टेम्बर ४ मा जन्मेका थिए । आफ्नो जन्मदिन नै उनको निधन भएको हो । २०१० मा पहिलोपटक उनलाई क्यान्सर भएको पत्ता लागेको थियो । अमेरिकामा उपचार गराएर फर्केका आदेशलाई गत महिनाको अन्त्यमा तेस्रो पटक पनि क्यान्सर भएको पुष्टि गरिएको थियो ।
भारतको जबलपुरमा जन्मेका आदेशले करिब १०० बढी चलचित्रमा संगीत भरेका छन्। ‘शस्त्र’ चलचित्रको ‘क्या अदा क्या जलवे तेरे पारो’ गीतले अत्याधिक चर्चा कमाएको थियो । उनले ‘चलते चलते’, ‘बाबुल’, ‘कभि खुशी कभी गम’, ‘राजनीति’ लगायतका चलचित्रमा संगीत दिएका छन् ।
www.etajakhabar.com
0 comments
Write Down Your Responses