प्रिन्सिपलबाटै ७ वर्षीया बालिका बलात्कृत
बेंसीशहर : लमजुङको सोतीपसलस्थित रिस्ती भ्याली विकास बोर्डिङका प्रिन्सिपल हरिकृष्ण ओझाले आफ्नै विद्यालयकी सात वर्षीया छात्रालाई बलात्कार गरेका छन् ।तनहुँको क्यामिन गाउँ विकास समिति–६ स्थायी घर भएका प्रिन्सिपल ओझाले ती छात्रालाई चक्लेट दिएर बलात्कार गरको बालिकाका दाजुले बताएका छन् ।
कक्षा १ मा पढ्दै गरेकी बालिकालाई बलात्कार गरेर ‘कसैलाई नभन्नु’ भनेको बालिकालाई उधृत गर्दै उनका दाजुले जानकारी दिए ।
बालिकालाई बलात्कार गरेपछि स्थानीयले विद्यालय घेराउ गरी नाराबाजी गर्न थालेपछि प्रिन्सिपल ओझालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय सोतीपसलका सई गणेश साउदले बताए ।
बालिकालाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराएपछि स्वास्थ्य रिपोर्टका आधारमा प्रिन्सीपलविरुद्व मुद्वा दर्ता गरी कारवाही अगाडि बढाइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
बयानका क्रममा प्रिन्सीपल ओझाले बालिका बलात्कारको घटना स्वीकारेको उनले जानकारी दिए । annapurnapost.com
0 comments
Write Down Your Responses