भदौमा पनि नआउने भो संविधान, संविधान जारी गर्ने डेड लाइन अब असोज
भोलिदेखि संविधानको विधेयकमाथि दफाबार छलफल हुनेकाठमाडौँ, भदौ २१ । असोज ४ गते भित्र संविधान जारी गर्ने तयारीमा लागेका शीर्ष दलहरुले संविधानको संसोधन विधेयकमाथि भोलिदेखि दफाबार छलफल हुने बताएका छन् । यसअघि भदौ मसान्त भित्र नै संविधान जारी गरीदै आएपनि कारणवश असोजमा जारी गर्ने बताएका शीष दल नेपाली काँग्रेस, एमाले र एमाओवादीले आन्तरिक कार्यतालिका अनुसार छलफल हुने बताएका छन् ।
यसैबिच संविधानसभाको बैठक पर्सिका लागि बोलाइएको छ । संविधानको विधेयकका लागि ५६ वटा संशोधन प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार अब संविधानको विधेयकमा परेका संशोधन प्रस्तावहरु सभाध्यक्षले दफावार छलफलका लागि संविधानसभामा पेश गर्ने र त्यसमाथि सभासदहरुले राय राख्ने कार्यतालिका छ ।
सभासदहरुले पाँच मिनेटको समयभित्र आफ्ना विचारहरु राखेपछि सभाध्यक्षले दिएको समयभित्र प्रस्तावकले आफ्नो प्रस्ताव फिर्ता नलिएमा प्रस्ताव निर्णयार्थ पेश गरिनेछ । सभाको दुई तिहाइ ध्वनी मतले स्वीकृत वा अस्वीकृत गर्नेछ । हाल कायम रहेको सदस्य संख्याको दुईतिहाई उपस्थित बैठकको दुई तिहाइले मत समर्थन गरेमा स्विकृत हुनेछ । ध्वनीमत विभाजनबाट संविधान पारित गर्दै छिटोमा भदौ ३१ गते र ढिलोमा असोज ५ गते संविधान जारी गर्ने तयारी भएको स्रोतले जनाएको छ ।
www.etajakhabar.com
0 comments
Write Down Your Responses