इपिएसबाट कोरिया गएकाले हुन्डीबाट पैसा पठाए कोरिया जान नपाउने
काठमाडौं भदौ २२ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा कार्यरत नेपालीले हुन्डीमार्फत रकम पठाए पुनः अर्कोपटक कोरिया जान नपाउने भएका छन् । कोरियाबाट गैरबैंकिङमाध्यम (हुन्डी) मार्फत बढी रेमिट्यान्स भित्रिन थालेपछि सरकारले यस्तो व्यवस्था ल्याउन लागेको हो ।इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले इपिएसमार्फत गएका कामदारलाई बैकिङ च्यानल प्रयोग गर्न यस्तो बाध्यात्मक व्यवस्था गर्न लागिएको जानकारी दिए ।
‘कोरियामा रहेका धेरैजसो नेपालीले अत्यधिक जोखिम मोल्दै हुन्डीमार्फत कारोबार गरिरहेका छन्,’ उनले भने,‘कोरियाबाट जति रकम आउनुपर्ने थियो, त्यसको १० प्रतिशत पनि बैंकमार्फत भित्रिएको देखिएन, हुन्डी कारोबार कामदारकै लागि पनि जोखिम छ र यसले राज्यको अर्थतन्त्रमा पनि नोक्सानी भइरहेको छ ।’ आजको कारोबार दैनिकमा खबर छ ।
www.etajakhabar.com
0 comments
Write Down Your Responses