स्वास्थ्यमन्त्री र मन्त्रीलाई दिइएको पानीको बोटलमा सर्प भेटिएपछि
भारत, भदौ २४ । भनिन्छ भिआइपीका लागी वितरण गरिने हरेक कुरा स्तरय हुन्छन् । तर यो मामीलामा भारतमा त्यसको विपरितका कार्यहरु भएका खबर बेलबेलामा आउने गर्छन् । बुधबार पनि भारतको छत्तिस गढमा त्यस्तै भयो ।भारतीय जनता पार्टीको कार्यालयमा आयोजीत एक कार्यक्रममा छत्तीसगढका मूख्यमन्त्री रमन सिंह र केन्द्रीय स्वास्थ्यमन्त्री जेपी लड्डा सहभागी थिए । उनीहरुलाई बाँडिएको पानीको बोटलमा सर्पको बच्चा फेला परेपछि कार्यक्रम हलमा नै हंगामा मच्चिएको थियो ।
शिलबन्दी गरिएको पानीको बोटलमा सर्पको बच्चा भेटिएपछि सबै आश्चर्यमा परेका थिए । यो विषयले हिजो दिनभर जसो नै भारतीय मिडियामा ठुलो रुप लियो र अन्तत छानविन गर्न खाद्य सुरक्षा विभागले निर्देशन दिएको छ भास्कर दैनिकले लेखेको छ ।
भास्करका अनुसार सो कार्यक्रममा ठूलो संख्यामा पार्टीका विधायक र मन्त्री समेत सहभागी थिए । मूख्यमन्त्रीको मेडिकल स्टाफ डा। पुनम पाण्डेलाई दिइएको बोटलको पानीमा सर्पको बच्चा देखिएपछि पाण्डे धेरै ट्वाल्ल परेकी थिइन् । घटना घटे लगत्तै कार्यक्रममा वितरीत सबै पानीका बोटल फिर्ता लिइएको थियो ।
यसैबिच उक्त घटनाका विषयमा पानी निर्माता कम्पनी अमन अक्वाका प्रवन्ध निर्देशक शैयद शफिकले कसैले कम्पनीका विरुद्ध षडयन्त्र गरेको भन्दै यसमा कम्पनी दोषी नरहेको बताएका छन् ।
0 comments
Write Down Your Responses