‘म यो के सुन्दैछु , देशलार्इृ टुक्राउने खेल भइरहेको !’ : केपी ओली
भक्तपुर, भदौ २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विखण्डनकारी शक्तिले मुलुकलाई चोइटाउने खेल खेलीरहेको दावी गरेका छन् ।भदौ मसान्त भित्र संविधान जारी हुने बताउँदै ओलीले संविधान जारी गर्ने मिति फेरी पनि पर सारेर देशमा उपद्रो मच्चाउने षडयन्त्र भईरहेको दाबी गरे ।
भोली भोली भन्दा भन्दै हाम्रो संबिधान बनाउने डेडलाइन ८ बर्ष सम्म धकेलिएकाले अब पनि ढिला गर्न नहुने उनको तर्क थियो ।
ओलीले ‘अहिले संविधान जारी हुन नदिन ठुलै चलखेल भइरहेको भन्दै त्यस्तालाइृ आफुहरुले जनाताको संविधान दिएर गतिलो झापड दिने समेत बताए ।
www.etajakhabar.com


0 comments
Write Down Your Responses