मलेसिया : मलेसियामा रहेका नेपालीले विभिन्न कार्यक्रम गरेर दसैँं मनाएका छन् । विहीवार मलेसियाको क्लाङ्गमा नेप्लिज विजिनेश एसोसिएसन क्लाङ्गले दर्शै विषेश कार्यक्रम गरेको छ ।

मलेसियामा नेपालीहरु कम्पनीबाट छुट्टी लिएरै दसैं मनाएका हुन् । उनीहरुले प्रदेशमा भएपनि एकै ठाउँ भेला भएर दसैंमा खुसी साटासाट गरे ।

कार्यक्रममा दशैंको दिन पनि टीका लगाउन नपाएका नेपालीलाई समुहिक टीका लगाइएको थियो । नेपाली दूतावास मलेसियाका द्धितिय सचिव उत्तम शाहीले सो कार्यक्रममा उपस्थितलाई टीका लगाइदिएका थिए ।

सोही कार्यक्रममा विभिन्न वक्ताले नेपाली नेपालीवीच भाइचार बढाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

कार्यक्रममा प्रवासमा रहेका नेपाली कलाकारले आफ्नो प्रस्तुतीसमेत दिएका थिए । गायक जनक रुचाल, रमेश बानियाँले गीत गाए भने जस्मा लिङ्गदेन, सुमित स्याङ्गतान र विशाल नेगीलगायतले नृत्य प्रस्तुत गरेका थिए ।

मलेसियाका अन्य ठाउँमा रहेका नेपालीलेसमेत सामुहिक टीका लगाएर दसैँ मनाएका छन् । कम्पनीमा रहेका श्रमिकले छुटी लिएरै दसैँ मनाएका हुन् ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses