भारतमै मोदीमाथि अहिलेसम्मकै ठुलो हमला, ब्रह्मपिचास भनियो
२३ असोज, एजेन्सी।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिहारका पुर्व मुख्य मन्त्री तथा आरजेडीका अध्यक्ष लालु यादवले कडा शब्दमा आक्रमण गरेका छन्। लालु यादवले नरेन्द्र मोदीलाई ब्रह्मपिचाश भएको आरोप लगाएका छन् । उनले मोदी प्रधानमन्त्री बन्न लायक नभएको र आज पुरै भारतमा उनको थु थु भएको भन्दै कडा प्रतिक्रिया जनाएका हुन्।
केही दिन अघि मात्रै नरेन्द्र मोदीले लालु यादवलाई शैतान भनेपनि यादवको यस्तो प्रतिक्रिया आएको भारतीय सञ्चारमाध्यामहरुले लेखेका छन्। लालुले भने-‘मैले आरक्षणको कुरा गर्दा उनले मलाई शैतान भने। मलाई शैतान भन्ने आफै ब्रह्मपिचाश हुन् । उनी प्रधानमन्त्री बन्न लायक छैनन। पुरै देश मोदीलाई थु थु गर्दैछ। हामी मोदीलाई बिहारबाट भगाउँछौ ।’
लालुले किन आफूलाई शैतान भएको प्रमाणित गर्नु पर्ने नत्र सम्पुर्ण बिहार जनतासंग माफि माग्न समेत मोदीलाई चेतावनी दिएका छन्। आफु लगाएत मोदीले सारा दलित र बिहारबासीलाई शैतान भनेको उनको टिप्पणी थियो।
गाईको मासुको खाने विषयमा लालु यादव गरेको टिप्पणीपछि मोदीले लालुमाथि शैतान विषयमा प्रतिक्रिया दिएका थिए। लालुले ‘शैतान’ को प्रभावमा आएर आफुले गाइको मासु सम्बन्धी टिप्पणी गरेको बताएका थिए। लालुको यस्तो भनाइ पश्चात, शैतानलाई लालुको ठेगाना कसरी मिल्यो भन्दै मोदीले व्यङ्ग गरेका थिए।
छिट्टै बिहारमा हुन लागेको चुनावका कारण मोदी र अर्को गठबन्धनका नेता लालु यादवबीच तनाव बढेको हो।
केही दिन अघि भारतमा गाईको मासु खाएको आरोपमा एक व्यक्तिलाई कुटेर हत्या गरिएको थियो।
यता बिहारको चुनाव पनि नेपालमा भारतको अघोषित नाकाबन्दी लाग्नुको कारण भएको विश्लेषण गरिने गरेको छ।nepaliheadlines.com


0 comments
Write Down Your Responses