जनतालाई भोकै मार्न खोजेर भारतलाई खुसी बनाउन सरकारले चिनियाँ नाका रोक्यो’
शुक्रबार, २२ असोजकाठमाडौं । व्यवस्थापिका संसदको सुन्य र विशेस समयमा बोल्दै सांसदहरुले सरकारले जनतालाई भोक भोकै मार्ने खोजेको र भारतलाई खुसी बनाउन सरकारमा रहेका केही मन्त्रीहरुको समेत दवावमा तातोपानी नाका नखोलीएको आरोप लगाएका छन् ।
वैशाख १२ को भूकम्पपछि क्षतिग्रस्त भएको चीनसँगको उत्तरी नाका सरकारले नियतवश नखोलिएको सांसदहरुले दाबी मात्र गरेनन्, नाका खोल्न नदिने मन्त्रीहरुको नामावली नै आफुहरुसँग भएको दाबी गरे ।
उनीहरुले सरकार भित्रै भारतीय एजेण्टहरु रहेको दाबी समेत गरे । राजमोका सांसद चित्रबहादुर केसीले भारतले किनेका मान्छेहरु अहिले मन्त्री भएकाले जनताले दुःख पाएको बताए ।
बैठकमा बोल्दै एमाओवादीका सभासद् अग्निप्रसाद सापकोटाले भारतलाई खुसी बनाउने नाममा चिनियाँ नाका नखोलिएको दाबी गरे । उनले केही व्यक्ति र मन्त्रीले भारतलाई खुसी बनाउनकालागि नियतबस नै नाका रोकीएको र काम अघि नबढाउन दावाव दिइएको दाबी गरे ।
सापकोटा सिन्धुपाल्चोकबाटै निर्वाचित सभासद हुन् भने उनले नाका खुलाउन विशेष पहल गरिरहेका छन् । चीनतर्फका आठवटा नाका खोल्नका लागि सरकारले यथाशिघ्र पहल थाल्नुपर्ने उनको भनाइ थियो ।
‘सापकोटाले चीनसँगका सबै नाका खोल्न जोड दिँदै तत्कालै तातोपानी, रसुवा र कोरलासहिताका नाका खोलिनुपर्ने बताए । उनले तातोपानी र रसुवागढी नाका चालु भैसकेको तर, सरकारले चीनसँग पहल नै नगरेको बताए ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses