पेस्तोल र गोलीसहित युवक पक्राउ

वीरगन्ज : बारा प्रहरीले हतियार सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको रौतहटको बसन्तपट्टी गाविस–७ का २७ वर्षीय राजु पाण्डे छन् ।

प्रहरीले उनको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद गरेको  छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी हवल्दार नागेन्द्र बैठाको नेतृत्वमा सादा पोशाकमा खटिएको प्रहरीको टोलीले बाराको भोडाहा गाविस–२ बाट बुधबार बेलुकी पाण्डेलाई हतियार सहित पक्रेको हो ।

बीर आर ०५ जे ४७१४ नम्बरको भारतीइ मोटरसाइकलमा सवार रहेका पाण्डेको शरिर खानतलासी गर्दा कम्मरमा लुकाएको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद भएको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।


हतियारसहित पक्राउ पाण्डेलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप आनुसन्धान भइरहेको प्रहरी निरिक्षक शशी ठाकुरले जानकारी दिए ।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses