मधेसी मोर्चाका लागि नरेन्द्र मोदी ‘राम’, केपी ओली ‘राबण’
काठमाण्डु, ५ कात्तिक– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका सह–महासचिव अभिषेकप्रताप साहले प्रधानमन्त्री केपी ओलीमाथि ‘राबण’ को आरोप लगाएका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत साहले ओलीलाई ‘राबण’ र आन्दोलनरत मधेसी मोर्चालाई ‘राम’ दाबी गरेका छन् ।
हाल मुलुकमा सत्य र असत्यका बीचमा लडाइँ चलिरहेको र प्रधानमन्त्री ओलीले असत्यको नेतृत्व गरिरहेको जिकिर उनको छ । मधेसीहरु भने सत्यका पक्षमा रहेको दावी उनको छ ।
‘आज ओली रावण र मधेसीहरु राम हुन्’, साहले लेखेका छन्, ‘हेरौं नेपालमा कसले जित्छ ? ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईमा एक महिनादेखि गरिरहेको आन्दोलन र नाकाबन्दीलाई साहले सत्यको पक्षमा भनेकोमा केहीले भने फेसबुकमै आपत्ति जनाएका छन् ।
उनीहरुले नेपालका लागि रावण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भएको लेखेकोमा साहले मोदीको बचाउ गरेका छन् ।
साहले मोदीको चरित्र राम र कृष्णको जस्तो रहेको र भारतमा मोदीलाई कसैले रावण नभनेको जिकिर गरेका छन् ।
सीमा नाकामा भारतले नभई आफूहरुले अवरोध गरेको उनले उल्लेख गरेका छन् । साहले भारतका प्रधानमन्त्री मोदी नेपालमा पहाडी बाहुनले जनजाति, आदिवासी र मधेसीमाथि गरेको अन्यायविरुद्ध रहेको दावीसमेत गरेका छन् ।
kathmandutoday.com


0 comments
Write Down Your Responses