पूर्ववर्ती सरकारले गरेको प्रयास परिणाममुखी हुने कोइरालाको विश्वास
कार्तिक ६, २०७२- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको सरकारका पालामा आन्दोलनरत् मधेसी दललाई वार्तामा ल्याउने गरिएको प्रयास र समाधान खोज्न संसदमा दर्ता गराईको संविधान संशोधनको प्रस्तावले सार्थक बनाउनुपर्ने बताएका छन् ।कोइरालाले पूर्ववर्ती सरकारको प्रयासलाई वर्तमान सरकारले परिणाम मुखी बनाउने विश्वास व्यक्त गरेका छन् । विजया दशमीका अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै कोइरालाला सांस्कृतिक चाड पर्वहरुले कायम गरेको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै नेपालीले बुद्धिमता र विवेकपूर्ण ढंगले काम गर्न जरुरी रहेको भनेका छन् । उनले सशस्त्र द्धन्द्धको अन्त्य गरी संविधान लेखनसम्मको प्रक्रियाको अनुभवले मधेस आन्दोलनलाई व्यवस्थापन गर्न सहयोगी हुने उल्लेख गरेका छन । 'सशस्त्र द्धन्द्धको शान्तिपूर्ण समाधान सहित संविधान लेखन र घोषणा गरिसकेको हाम्रो अनुभव देशको तराई मधेशमा देखिएको समस्याको समाधानमा पनि उपयोगी हुनेछ,' कोइरालाले जारी गरेको विज्ञप्तीमा भनिएको छ 'हामीले भर्खरै जारी गरेको नेपालको संविधान नेपालमा दिगो शान्ति, राजनीतिक स्थायित्व, विकास र नेपाली जनताको सुख र समृद्धिको आधार हुने मैले विश्वास लिएको छु ।'
kantipur.ekantipur.com


0 comments
Write Down Your Responses