सरकार बनाउने गिराउने खेलबारे बाबुरामले खोले मुख
पटकआइतबार, २४ असोजकाठमाडौं । एमाओवादी परित्याग गरेर हिँडेका नेता डा.बाबुराम भट्टराईले आफू सरकार बनाउने र गिराउने खेलमा नरहेको दावी गरेका छन् ।
प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्दैगर्दा बाबुराम पक्षीय एमाओवादी नेताहरु विरोधमा उत्रिएपछि भट्टराई सत्ता खेलमा लागेको चौतर्फी समाचार आएपछि भट्टराईको सचिवालयले सरकार गिराउने र बनाउने खेलमा भट्टराई नरहेको प्रष्ट्याएको हो ।
भट्टराईले एमाओवादी नेताहरुलाई विज्ञप्ती निकाल्न लगाएर पार्टी फुटाउने कसरत गरेको हल्ला चलेको थियो ।
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, पर्वप्रधानमन्त्री भट्टराईले आफू निकटका सभासदहरुलाई मतदान गर्न रोक्दै हुनुहुन्छ भन्ने जस्ता हल्लाहरु निराधार र गलत भन्ने प्रष्ट पार्न चाहन्छौं ।’
भट्टराई अहिले पहाड तराई र मधेसको एकता बलियो बनाउने र बृहत राष्ट्रिय एकताको वातावरण बनाउन पहल र प्रयत्न गर्नेमा केन्द्रित रहेको उनको निजी सचिवालयले जनाएको छ ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses