कुवेतमा उपचारका क्रममा रामबाबुको निधन


काठमाडौं : अचानक बेहोस भएर उपचारका लागि अस्पताल भर्ना गरिएका एक नेपालीको कुवेतमा बिहीबार निधन भएको छ ।

खोटाङको सिमपानी गाविस-७ निवासी ४२ वर्षीय रामबाबू खड्काको बिहीबार दिउँसो कुवेतको अस्पतालनमा निधन भएको हो ।


एकसाता अघि ड्युटीमै रहेका बेला अचानक बेहोस भएर ढलेका उनलार्इ साथीहरुले उपचारका लागि मुबारक अलकबिर अस्पालको आइसियूमा भर्ना गरेका थिए ।

उच्च रक्तचापबाट पीडित उनी १५ वर्षअघि रोजगारीका लागि कुवेत आएका थिए । उनले सन् २००६ सम्म रियल स्टेट कम्पनीमा सेक्युरिटी गार्डको काम गरेका थिए ।

सन् २००६ पछि भने उनी सुल्तान सेन्टरमा सेक्युरिटी गार्डमा आवद्ध भएका थिए । गत शुक्रबार ड्युटीमा रहेकै बेला ढलेर बेहोस भएका उनको मुबारक अलकबिर अस्पतालको आर्इसियूमा उपचार हुँदाहुँदै निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

बिहीबार निधन भएका उनको शवलार्इ नेपाल फर्काउने कानुनी प्रक्रिया अघि बढाउन आइतबारसम्म कुर्नुपर्ने भएको छ ।

शुक्रबार र शनिबार कुवेतमा सरकारी विदा परेकाले आइतबारबाट शवलार्इ नेपाल पठाउन पहल थालिने कुवेत-खोटाङ सम्पर्क मञ्चका अध्यक्ष मञ्जीत रार्इले जानकारी दिए ।

खोटाङ-कुवेत सम्पर्क मन्चका सदस्यसमेत रहेका खड्काको अध्यक्ष रार्इले नै अस्पतालमा हेरचाह गरिरहेका थिए । उनको मृत्युको खबरसँगै सिमपानीस्थित उनको परिवार र आफन्तमा रुवाबासी भएको छ । मृतक खड्काका श्रीमती, २ छोरी र एक छोरा छन्।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses