फेरि उच्श्रृखल बन्न थाल्यो मधेसी मोर्चा, दशैंको दोस्रो दिन यस्तो धमाका
लहान, ६ कात्तिक । विजयादशमीलाई मध्यनजर गरी सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र सिरहाको लहानमा आमहड्ताललाई खुकुलो पारेको संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानदेखि पुनः सशक्त पारेको छ ।
संयुक्त मधेसी मोर्चाका नेता, कार्यकर्ताले आज बिहानैदेखि लहानस्थित बजार, पसल, उद्योगधन्दा बन्द गराएका छन् ।
विजयादशमीभरि बजार पसल खोल्न दिएका मोर्चाका कार्यकर्ताले दसैँ सकिएको भन्दै आज बिहानबाट बजार, पसल बन्द गराएको स्थानीयवासीले बताएका छन् । रासस
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses