अन्ततः चीनले भारतलाई देखाइदियो, नेपाललाई मंगलबारदेखि पेट्रोलियम पदार्थ पठाइदिने
। मधेसी मोर्चाको आन्दोलनलाई साथ दिँदै भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीको सामना गर्न नेपाल सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने भएको छ ।
भारतले झण्डै एक महिनादेखि अघोषित नाकाबन्दी लगाएपछि नेपाल सरकारले छिमेकी राष्ट्र चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी गरेको हो ।
नेपालको आग्रहमा चीनले तत्कालका लागि एक हजार टन पेट्रोलियम पदार्थ सहयोग स्वरुप दिन लागेको चीनका लागि नेपाली राजदूत महेश मास्केले जानकारी दिनुभयो ।
‘चीनले मंगलबारदेखि पेट्रोलियम पदार्थका सवारी साधन पठाउन सुरु गर्नेछ’, राजदूत मास्केले भन्नुभयो, ‘चीनसँग अब व्यावसायिक रुपमा वार्ता गरेर पेट्रोलिय पदार्थ आयात गर्नुपर्छ ।’
पेट्रोलियप पदार्थ ल्याउन र वार्ता गर्न नेपाली उच्च अधिकारीहरूको टोली आइतबार चीन जाँदैछ ।
नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको चाइना नेशनल पेट्रोलियम कर्पोरेसनबीच सम्झौता पनि हुने भएकोछ । सम्झौताका लागि वाणिज्य मन्त्रालयका सहसचिव शम्भु कोइरालासहितको सरकारी टोली वेइजिङ जाँदैछ ।
नेपालले सम्झौतापत्रको ड्राफ्ट समेत तयार गरिसकेको छ । वाणिज्य मन्त्रालय र आयल निगमले तयार पारेको ड्राफ्ट परराष्ट्र मन्त्रालयमा बुझाइसकिएको छ ।
सम्झौंता भएपछि केरुङ नाकाबाट एक हजार टन तेल अनुदानमा चीनले दिने सहमति भइसकेको राजदूत मास्केले बताउनुभयो । सम्झौतापछि चीनबाट पेट्रोलियम पदार्थ र ग्यास ल्याउन बाटो खुल्नेछ ।
सम्झौतापछि आयल निगम वा निजी कम्पनीले पेट्रोलियम पदार्थ ल्याउन सक्नेछन् । अहिले दुई देशबीच सम्झौता नहुँदा पेट्रोलियम पदार्थ ल्याउन सकिएको छैन ।
चीनबाट तेल ल्याएमा भारतको राजनीतिक दबाबलाई झेल्नुपर्ने अवस्था नरहने भएकोले यो विकल्पलाई स्थायी रुपमा अघि बढाउन निगमका अधिकारीले सरकारलाई सुझाव दिँदै आएका छन् ।
चीनबाट तेल ल्याउँदा केही महँगो पर्ने भएपनि विकल्प खोल्दा भारतको दबाब खेप्नुनपर्ने उनीहरूको निश्कर्ष छ ।
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses