मधेसी मोर्चा र भारतको दसैँ विथोल्ने गोप्य योजना यसरी असफल भो
(3)काठमाडौं, ६ कात्तिक । नेपाली नागरिकले आन्दोलन स्थगित गर्न गरेको आग्रहलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले टेर्दैटेरेन ।बरु मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो वीरगञ्जस्थित नेपाल–भारत दशगजा क्षेत्रमा टेन्ट टाँगेर बसी भारतीय नाकाबन्दीलाई सहयोग पुर्याइ रहे ।
मधेसी मोर्चाको आन्दोलन, नाकाबन्दी र भारतीय पक्षको अघोषित नाकाबन्दी नेपाली हिन्दूहरूलाई दैनिक जीवनमा प्रभाव त पार्यो ।
तर दसैँ मान्न अबरोध गर्न सकेन । नाकाबन्दी र अन्य आन्दोलनका कार्यक्रमलाई दसैँदेखि छठसम्म खुकुलो बनाउन सबैले मधेसी मोर्चासँग आग्रह गरेका थिए ।
मधेसी मोर्चाका महन्थ ठाकुर, उपेन्द्र यादव र महेन्द्र राय यादवले नाकाबन्दी र आमहड्तालको कार्यक्रमलाई संशोधन गरेर जाने तयारी पनि गरेका थिए ।
तर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको दवावपछि उनीहरूले पनि नाकाबन्दीको कार्यक्रममा हेरफेर गर्न सकेनन् । स्रोतका अनुसार भारतीय पक्षको दवावमा अध्यक्ष महताले नाकाबन्दीको कार्यक्रमलाई फिर्ता गराउन नदिएका हुन् ।
विशेष गरेर राजेन्द्र महतोको नियन्त्रणमा रहेको मधेसी मोर्चाको आन्दोलनमा उनी नै नाकाबन्दी गर्ने कार्यक्रम अग्रपंक्तिमा छन् । र दसैँ विथोल्ने उनको योजना नेपाली हिन्दूहरूले दुःखकष्ट सहेर विफल बनाइ दिएका छन् ।
हिजो बिहीकारका दिन सम्पूर्ण हिन्दू नेपालीहरूले दसैँ आ–आफ्नो गच्छेअनुसार मनाएका छन् । घरमा पाकेको मिठोमसिनो खानेकुरा खाएर तथा मान्यजनको हातको टीका र जमरा लगाई दसैँ मानिएको हो ।
दसैँको टीकाको दिन टीका र जमरा लगाउन नपाएकाहरूले नौँ गते कोजाग्रतपूर्णीमा सम्म टीका लगाउने छन् ।
मधेसी मोर्चा र भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका कारण प्रसस्त सवारी चल्न सकेनन् । तैपनि सर्वसाधारणहरूले जोखिम मोलेर सदिऔँदेखि मनाउँदै आएको दसैँ पर्व मनाइ खुसीयाली बाँडेका छन् ।
dainiknepal.com


0 comments
Write Down Your Responses