जहाँ विवाह गरेपछि चुनाव जित्न सजिलो हुन्छ
सीतापुर । भारतको उत्तरप्रदेश राज्यमा आरक्षणमा चुनाव जित्नका लागि एक युवकले अनुसूचित दलित युवतीसँग विवाह गरेको खुलासा भएको छ ।
पञ्चायत चुनावका बेला सीतापुर जिल्ला निवासी अविवाहित युवकले अनुसूचित जातिकी महिलालाई सीट आरक्षित रहेको थाहा पाएपछि फटाफट युवती खोजेर विवाह गरेको समाचारमा जनाइएको छ ।
महिलाको आरक्षित सीट पाउनका लागि ती युवकले तीन दिनभित्र विहे गरेर विवाह दर्ताको प्रमाणपत्र लिएका हुन् ।
आनन–फानन आर्य समाजमा युवकले यवतीसँग विवाह गरेका थिए । त्यसपछि उनले पत्नीको नाम उम्मेदवारीमा दर्ता गराइ दिए ।
सीतापुर जिल्लाको पिसावाँ ब्लाकको जिल्ला पञ्चायतको वार्ड नम्बर ३६ बाट पाताबोझ निवासी राधेश्याम कनौजियाले यसअघि नै आरक्षणमा अनुसूचित जातिको सीटमा चुनाव लडने निर्णय गरिसकेका थिए ।
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses