आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु
२३ असोज , काठमाडौँ।

काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ ।

आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

कोटेश्वरको ट्राफिक प्रहरी बिट पछाडि भएको आगलागीमा परेर रामेछाप लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती देउकी र आठ वर्षीया छोरी जेनिशाको निधन भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

मृतकमध्ये लेखराजको घटनास्थलमै र उनकी श्रीमती र छोरीको उपचारका क्रममा कीर्तिपुरस्थित मोडल अस्पतालमा निधन भएको हो । मृतक लेखराज ट्याक्सी चालक रहेको र कोठामा सञ्चित गरेर राखेको पेट्रोल एउटा भाँडोबाट अर्को भाँडोमा सार्ने क्रममा नजिकै रहेको बलिरहेको मैनबत्ती सल्केर अचानक आगो फैलँदा उनीहरु जल्न पुगेका थिए ।

सो आगलागीबाट कोठामा रहेका सरसामानसमेत जल्नुका साथै घरमासमेत क्षति भएको छ । रासस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses