सुशील कोइराला फेरि प्रधानमन्त्रीको उम्मेदवार
काठमाडौं : नेपाली कांग्रेसबाट सुशील कोइराला प्रधानमन्त्रीका लागि उम्मेदवार बन्ने भएका छन्।

कांग्रेसका शीर्ष नेताहरुको शनिबार बिहान बालुवाटारमा  बसेको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुशीललाई नै निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका थिए भने रामचन्द्र पौडेलले समर्थन गरेका थिए।

मुलुक विशेष परिस्थितिमा रहेको भन्दै  उनलाई नै निरन्तरता दिने सहमति भएको हो। तर पार्टी केन्द्रीय समितिले आधिकारिक निर्णय गर्न बाँकी छ।

संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमतिअनुसार एमालेले आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ। एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको छ।

कांग्रेसको केन्‍द्रीय समितिको बैठक बसेर कोइरालालाई उम्मेदवार बनाउने आधिकारिक निर्णय गर्दैछ।

नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने र सुशील कोइरालाकै नेतृत्वमा जाने सहमति भएको कांग्रेस कार्यलयका सचिव प्रदीप पराजुलीले दिएका छन्।  annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses