साउदीमा दसैँ विशेष साँस्कृतिक कार्यक्रम हुने




साउदी: नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर साउदी अरबमा दशैं विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । सगरमाथा समूह साउदी अरबको आयोजनामा रियादको एक्जीट एटीनस्थित सुलाइमा दसैँ शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

यही कात्तिक ६ गते शुक्रबारका दिन हुने कार्यक्रममा साउदीमा रहेका नेपाली कलाकारहरु लोकगायक रबिन सुब्बा, सुमन थापा र मिलन सिंहलगायत दर्जनभन्दा बढी स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएका छन् । साथै कार्यक्रममा सृजना साँस्कृतिक समूहको विशेष सांगितिक प्रस्तुति पनि रहने बताइएको छ ।


साउदीमा रहेका नेपालीहरु एकै ठाउँमा भेला भएर सामूहिकरुपमा नाचगान गरेर हर्षोउल्लासका साथ दसैँ पर्व मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समूहका संयोजक परशुराम मिश्रले जानकारी दिए ।

नेपाली मौलिक लोकसंस्कृति झल्कने खालका प्रस्तुती रहने कार्यक्रममा सहभागी हुन साउदीमा रहेका सबै नेपाली समुदायलाई आयोजकले आग्रहसमेत गरेको छ । कार्यक्रममा सहभागी हुने सबै दर्शकका लागि खाना तथा खाजाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रम हलमा प्रवेशका लागि साउदी रियल २५ निर्धारण गरिएको संयोजक मिश्रले बताए ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses