प्रधानमन्त्री भएपछि ओलीले भने– कसैले रुन पर्दैन, मिडियालाई धन्यवाद
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति, अमनचयन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् संवाददाताहरुसँग प्रतित्रिलया दिँदै ओलीले भूकम्प पछिको पुनः निर्माण आफ्नो प्रथमिकतामा रहने बताए ।
उनले तराई मधेसमा जारी आन्दोलन अन्त्यकालागि आफुले विशेष पहल गर्ने बताए । नवनिर्वाचित प्रधानमन्त्री ओलीले आन्दोलनको उचित समाधान खोज्न आजबाटै पहल थालीने बताए ।
ओलीले बिकास निर्माणलाई तिब्रताका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउँदै जनताले आफुमाथि देखाएको विश्वासलाई उत्साहमा परिणत गर्ने वचनबद्धता व्यक्त गरे ।
उनले राष्ट्रियताको सवालमा मिडियाहरुले खेलेको भुमिकालाई धन्यवाद समेत दिए । उनले कसैले पनि दुःख कष्ट भोग्न नपर्नेगरि अबको सरकारले काम गर्ने उल्लेख गर्दै त्यसकालागि सबैको सहयोग चाहिने बताए ।
www.nepalsandesh.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses