प्रहरी महानिरीक्षक अर्यालले झक्कले बोका र राँगाको यसरी बलि दिए
काठमाडौं, ५ कात्तिक । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीले परम्परागतदेखि मनाउँदै आएको बडादसैँ कार्यक्रमअन्तर्गत बडादसैँ २०७२ का अवसरमा प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्वर १ नक्सालमा मौलोमा पूजाअर्चना तथा सङकल्प पूजा गर्नुभएको छ ।प्रहरी महानिरीक्षक अर्यालले आज (बिहीबार) बिहान मौलोमा पूजा विसर्जनका लागि राँगो तथा बोकाको सङ्कल्प पूजाअर्चना, मौलो पूजा र निसानमा पञ्जा छाप लगाउनुका साथै मौलो परिक्रमासमेत गरेको समाचार कक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महानिरीक्षक अर्यालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी जवान जितेन्द्र खाँ थारुलाई पगरी तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूलगायतका अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको उक्त अवसरमा प्रहरी अधिकृत तथा जवानहरूबीच विजया दशमीको शुभकामना आदान प्रदानसमेत गरिएको थियो ।
dainiknepal.com


0 comments
Write Down Your Responses