अरुण तेस्रोमा विप्लव माओवादीले गर्यो आगजनी
शुक्रबार, २५ मंसिरसरकारले राष्ट्रघात गरि भारतीय कम्पनीलाई सुम्पिएको आरोप
संखुवासभा । सशस्त्र संघर्ष गर्ने भन्दै अघि बढेको विप्लव माओवादीले अरुण ३ जलविधुत परियोजनामा राष्ट्रघात भएको र सो परियोजना भारतले एक लौटी कब्जा गरेको भन्दै बुधवार राति आगो लगाएको छ ।
बुधवार लगाएको आगो आज सम्म निभ्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय संखुवासभाले घटनास्थलमा आगो निभाउन प्रहरी टोलि खटाए पनि आगो अहिले सम्म निभ्न सकेको छैन ।
आगजनीको कारण ठुलो क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपालमा विधुत आपूर्ति सहज गराउन अरुण ३, माथिल्लो कर्णाली र उपल्लो मर्स्याङ्दीजस्ता विश्वकै सस्ता र राम्रा नेपाललाई नभई नहुने जलविद्युत आयोजनाहरु हुन् ।
जसमा पनि सरकारले राष्ट्रघाती सम्झौता गरेर भारतलाई सुम्पिएको हो भन्ने माओवादीको ठहर रहेको छ । विप्लव माओवादीले राष्ट्रघाती सम्झौता तुरुन्त खारेज गरियोस भनेर पटक पटक ज्ञापन पत्र र धर्ना समेत दिएको थियो ।
पटक पटक जानकारी गराउंदा पनि नमानेपछि पार्टीको अगुवाईमा जनताले आगो लगाएर प्रतिकार गरेका हुन् विप्लव माओवादीका एक केन्द्रिय सदस्यले नेपाल सन्देशलाई बताए ।
nepalsandesh


0 comments
Write Down Your Responses