भीम रावलको नाम काटियो, चीन रिसाएपछि थापालाई लाग्यो भिसा
बुधबार, २३ मंसिरकाठमाडौ । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग इन्धन आपुर्तिको व्यापारिक सम्झौतालाई पुर्णता दिने भएका छन् ।
प्रधानमन्त्री ओलीले एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवं रक्षा मन्त्री भिम रावललाई चीन पठाउने तयारी गरे पनि अर्का उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाको अबरोधका कारण रोकीएको थियो ।
थापाले आफु मातहतमा उच्चस्तरिय राजनीतिक भ्रमण गर्नुपर्ने बताउँदै आएका थिए । अन्ततः ओलीले सत्ता गठबन्धनलाई असहज हुने अवस्था आएपछि थापालाई नै त्यता जान स्विकृति दिएका थिए । थापा पछिल्लो समय राजनीतिक हिरो बन्ने दाउमा छन् ।
भारत गएर आएलगत्तै उनले नाका खोल्ने तयारी भएको र तीन बुँदे प्रस्ताव भारतीय विदेश मन्त्री सष्मा स्वराजसँग स्विकृत गराएर आएका थिए । अहिले फेरि चीन गएर चिनियाँ उच्च अधिकारीसँगको सम्बन्धलाई बलियो बनाउने थापाको चाहना पुरा हुने भएको छ ।
थापाले अडान राखेपछि चीनसँग उच्च सम्बन्ध भएका रावललाई रोकेर ओलीले थापालाई नै पठाउने भएका हुन् । थापासँगै बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुन समेत चीन जाने तयारी भएको स्रोतले बतायो । थापाकै कारण इन्धन सम्झौता रोकीएको समाचार यस अघि आएका थिए ।
अब चीनसँग कर रहित इन्धन व्यापारकालागि चीनले नेपालको उच्च राजनीतिक पहल र सक्रियता चाहेको बताएको थियो । चीनले उच्च राजनीतिक प्रतिवद्धताका आधारमा मात्रै व्यापार गर्ने मनासय राख्दै आएको छ ।
संकट रहुन्जेल आफुलाई सम्झने सामान्य अवस्थामा भुल्ने नेपालको भूराजनीतिक अवस्था बुझेको चीनले अडान राखेपछि ओलीले पनि कम्मर कसेका हुन् ।
nepalsandesh
0 comments
Write Down Your Responses