भारतले खानैलाग्यो भन्दै मधेसमा यसरी बोलाइयो चीन
बुधबार, २३ मंसिरकाठमाडौं । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री लालबाबु पण्डितले चीनले नेपालको मधेस क्षेत्रमा पनि विशेष लगानी गर्नुपर्ने बताएका छन्।
उनले नेपाल र चीनबीचको सम्बन्ध स्थापीत गर्न मधेसको पनि महत्वपुर्ण योगदान रहेको बताउँदै मधेसमा चिनियाँ सहयोग बढाउनुपर्ने बताए ।
चीन भ्रमणमा रहेका पण्डितले नेपालका मधेसी माुलका विद्यार्थीहरु प्राविधिक शिक्षामा निकै अगाडी रहेको बताउँदै चीनले मधेसका विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ती दिनुपर्ने बताए ।
उनले भारतले नाकाबन्दी लगाउँदा सबैभन्दा बढी मधेसकै जनता पीडित भएको पनि बताए । उनले चीनसँग आम नेपालीले निकै आशा गरेको बताउँदै त्यसमा विपन्न मधेसी समुदायको बढी अपेक्षा रहनु स्वभाविक भएको बताए ।
पण्डितले नेपाल र चीनका विचमा प्राविधिक शिक्षा आदान प्रदान बढाउनुपर्ने बताए । पण्डितले भारतको नाकाबन्दीका कारण मधेसका जनताको जीवनस्तर उठ्नै नसक्ने अवस्थामा पुग्नै लागेकाले चीनले गर्ने सहयोग संजिवनी बुटी सरह हुने भन्दै मधेसलाई पुन उठ्नसक्ने बनाउन चिनियाँ सहयोग अपरिहार्य रहेको बताए ।
सेमिनारमा नेपाल र चीनका प्राविधिक शिक्षाका उच्च अधिकारीहरु सहभागि छन् ।
nepalsandesh
0 comments
Write Down Your Responses