मधेसी मोर्चाका नेताहरूको दिल्ली भ्रमणको नयाँ रहस्य खुल्यो !
काठमाडौं, २५ मंसिर । भारतको राज्यसभामा सोमबारको बहस प्रभावित पार्न र नाकाबन्दीको स्वामित्व मधेसीकै स्थापित गर्न सरकारी समन्वयमा विपक्षी सांसदहरूसँग आइतबार र सोमबार बिहानसम्म मधेसी मोर्चाका नेताहरू दिल्लीमा दौडधुपमा व्यस्त रहे ।सांसदहरू शरद यादव, करण सिंह, डिपी त्रिपाठी, सीताराम येँचुरी, पवन बर्मा, आनन्द शर्मा, केसी त्यागीलगायत सांसदहरूलाई भेटेर उनीहरूले नाकाबन्दी आफूहरूले गराएको, तर बदनामी भारतको भएको बताएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
मधेसी नेताहरूको प्रतिक्रियामा विपक्षी सांसदहरू पनि सन्तुष्ट थिएनन् ।
विपक्षी सांसदहरूले भारतीय नाकाबन्दीको चर्को विरोध गरे ।
कांग्रेसका मणिशंकर ऐयरले भने, ‘नाकाबन्दी भारतले होइन मोदी सरकारले गरेको हो ।’
विदेशमन्त्री स्वराजले रक्षात्मक जवाफ दिनुपर्ने अवस्था भयो ।
dainiknepal
0 comments
Write Down Your Responses