मधेसी मोर्चाले संसद बैठक आज पनि अबरोध गर्ने, सदन बस्दै
काठमाडौं, २४ मंसिर । मधेसी मोर्चाको लगातारको अबरोध हुँदै आएको संसदको बैठक आज पनि बस्दैछ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर अपरान्ह ३ बजे बस्ने बैठकमा पुनःनिर्माण विधेयक पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

मधेसका विषयमा आफ्ना माग पूरा नहुँदासम्म सदन चल्न नदिने मधेसी मोर्चाले सदन अबरोध गर्दै आएको छ । बैठकमा अन्य विभिन्न विषय पनि पेश गर्ने कार्यक्रम छ ।
मधेसी मोर्चाका सांसदहरूका अनुसार आजको बैठक पनि चल्न नदिने बताए । उनीहरूले मधेस आन्दोलनमा उठेका मागलाई सम्बोधन नगर्दासम्म सदन चल्न नसक्ने उल्लेख गरे ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses