पोखरा पुगेर रामचन्द्रले भने–आजसम्म भारतलाई देखायौं, अब उस्का कुरा सुनौं
बिहीबार, २४ मंसिरपोखरा । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले छिमेकी मुलुक भारतको चाहना विपरित संविधानसभाले संविधान जारी गरेको खुलासा गरेका छन ।
नेपाली कांग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेलामा उपसभापति पौडेलले संविधान जारी गर्नेबेला भारतलाई जानि जानि चिढ्याउने काम भएको स्विकारे ।
उनले भारतले दवाव दिइरहेपनि उस्को कुरा नसुनिकन खुरुखुरु संविधान पास गरेको र अहिले भारतले त्यसकै बदला लिएको बताए । उनले अब भने भारतलाई थप चिढ्याउन नहुने बताए ।
पौडेलले संसदमा दर्ता भउको संविधान संशोधन विधेयकलाई केही परिमार्जन गरि अघि बढाउन सकिए समस्या समाधान हुने बताए । पौडेलले एमाओवादी अध्यक्ष प्रचण्ड ओलीलाई प्रधानमन्त्री बनाएको एम महिना पछिदेखि नै पछुताउन थालेको बताए ।
ओली मधेस विरोधी रहेको चाल पाएर प्रचण्ड ओलीसँग फुत्कन खोजीरहेको पौडेलले दाबी गरे । उनले कांग्रेसको भावि महाधिवेशनमा आफु सर्वसम्मत सभापतिको उम्मेदवार हुने दाबी समेत गरे ।
nepalsandesh
0 comments
Write Down Your Responses