भ्रष्टाचारको आरोप लागेपछि एमाले पोलिब्यूरो सदस्य पौडेलद्धारा राजीनामा
काठमाडौं, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा पत्र पठाएपछि नेकपा एमालेका पोलिटब्यूरो सदस्य डा. विजय पौडेलले राजीनामा दिएका छन् । भ्रष्टाचार जस्तो जघन्य अपराधको आशंकामा अख्तियारले पत्र काटेपछि पार्टीको जिम्मेवार पदमा रहन नैतिकताले नमिल्ने भन्दै पौडेलले राजीनामा दिएका छन् ।कुनैपनि सार्वजनिक पदमा नबसेका पूर्व सांसद पौडेलले राज्यको संबैधानिक निकायले आफुमाथी भ्रष्टाचारको छानविन थालेको जनाउँदै छानविन प्रक्रिया नसकिँदासम्म पोलिटब्यूरो सदस्यका रुपमा काम नगर्ने राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
एमाले महासचिव इश्वर पोखरेललाई राजीनामा पत्र बुझाउँदै पौडेलले आफुमाथी गरिएको भ्रष्टाचारको छानविनमा राज्यलाई सहयोग गर्ने समेत बताएका छन् । आफुमाथी अख्तियारले बद्नियतपूर्वक छानविन थालेको जनाउँदै आएका पौडेलले अख्तियारलाई ठाडो जवाफ दिन आफु तयार भएको बताएका छन् ।
अख्तियारले पत्र काटेका २९ जना मध्ये २८ जना उपस्थित भएका छन् । पूर्वराजदुत भोजराज घिमिरे देश बाहिर भएकाले उपस्थित हुन सकेका छैनन् ।yeskathmandu


0 comments
Write Down Your Responses