गुन्डा नाइके बाघे लामा पक्राउ
२०७२ माघ ७ बिहीवारकाठमाडौं : प्रहरीले गुन्डा नाइके सुकबहादुर लामा ‘बाघे’ लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले बाघेलाई राजधानीबाटै केही दिनअघि पक्राउ गरेको हो ।
काठमाडौंको स्वयम्भू र बालाजु क्षेत्रका घरजग्गा कारोबारी र अन्य व्यापारीहरुलाई धम्की दिएर रकम असुल्न सक्रिय लामा प्रहरीको खोजीको सूचीमा थिए ।
आफूहरुलाई धम्की दिएर रकम असुलेको गुनासो व्यापारीहरुले गुनासो गरेपछि प्रहरीले बाघेलाई लामो समयदेखि खोजिरहेको थियो ।
पक्राउ परेका लामाविरुद्ध प्रहरीले केही सार्वजनिक अपराध अभियोगमा मुद्दा चलाएको छ ।
बाघेले गत पुस १४ गते स्वयम्भूको नामग्याल चोकमा एक तिब्बतीयनलाई दिउँसै निर्घात कुटपिट गरेर ११ लाख रुपैयाँ लुटेकासहित आरोप लागेका थिए ।
annapurnapost


0 comments
Write Down Your Responses